६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

एसिसी महिला यू-१९ एसिया कप: नेपालले पहिले बलिङ गर्दै

४ पुस, काठमाडौँ ।  एसिसी महिला यू-१९ महिला एसिया कपअन्तर्गत सुपर-४ को खेलमा नेपालले श्रीलंकाविरूद्ध टस जितेको छ।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा हुने प्रतियोगितामा कप्तान पूजा महतोले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेकी हुन् ।

यसअघि समूह ‘ए’ को उपविजेताको रुपमा नेपाल सुपर-४ मा पुगेको थियो। समूहमा नेपालले पाकिस्तानलाई पराजित गर्दा भारतसँगको खेल वर्षाका कारण रद्द हुँदा अंक बाडेको थियो।

पाकिस्तानलाई पराजित गर्दै मनोबल उच्च बनाएको नेपालले श्रीलंकाविरुद्ध सुपर फोरमा पनि उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : December 19, 2024 at 12:00 pm