२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

महिला यू-१९ एसिया कप: सुपर फोरमा श्रीलंकासँग खेल्दै नेपाल

४ पुस, काठमाडौँ ।  महिला यू-१९ एसिया कप क्रिकेटको सुपर-४ मा आज नेपाल र श्रीलंकाबिच भिडन्त हुँदैछ ।

मलेसियाको क्वालालम्पुरमा बायुमास ओभलमा बिहिबार बिहान ११:४५ बजे नेपाल र श्रीलंकाबीच खेल हुने भएको हो ।

नेपाल समूह चरणमा पाकिस्तानलाई पराजित गर्दै सुपर-४ मा पुगेको थियो। नेपाल र भारतबीचको खेल रद्द हुँदा नेपाल समूह ए को उपविजेता हुँदै सुपर फोरमा पुगेको हो।

समूह ‘बी’ को उपविजेता श्रीलंका पनि हो। श्रीलंकाले भने समूह चरणमा मलेसियाविरूद्ध जित निकाल्दा बंगलादेशसँग पराजित भएको थियो ।

त्यस्तै, नेपाली टिमका लागि (कप्तान) पुजा महतो, अलिशा कुमारी यादव, साबित्री धामी, त्रिसना विश्वकर्मा, सोनी पाख्रिन, किरणकुमारी कुँवर, साना प्रविन, ज्योत्स्निका मरासिनी, रचनाकुमारी चौधरी, सिमाना केसी, रिया शर्मा, अनु कडायत, कुसुम गोदार, कृष्मा गुरूङ, स्नेहा महरा छन्।

प्रकाशित मिति : December 19, 2024 at 10:13 am