१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट

३ पुस, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्लाह अल शम्सीले शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री निवासमा आज भएको उक्त भेटमा राजदूत शम्सीले आगामी फेब्रुअरीको दोस्रो साता दुबईमा आयोजना हुने ‘वल्र्ड गभरमेन्ट्स समिट’ मा भाग लिन युएईका उपराष्ट्रपति एवं प्रधानमन्त्री मोहम्मद बिन रसिद अल माक्टुमले पठाउनुभएको निमन्त्रणापत्र हस्तान्तरण गर्नुभयो ।

त्यस अवसरमा दुई देशबीचको आपसी सम्बन्धका साथै पारस्परिक हित र चासोका साझा विषयमा छलफल भएको थियो । साथै उहाँहरुबीच यसअघि भएका द्विपक्षीय सम्झौताको प्रभावकारी कार्यान्वयन र आगामी दिनमा व्यापार, लगानी, कृषि, जलविद्युत्, पर्यटन प्रवद्र्धनबारे पनि छलफल भएको थियो ।

प्रकाशित मिति : December 18, 2024 at 12:53 pm