१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

सहकारी ठगी गर्ने कसैले पनि उन्मुक्ति पाउँदैनन्: गृहमन्त्री लेखक

३ पुस, बुटवल । गृहमन्त्री रमेश लेखकले सहकारीको रकम अपचलन गर्ने र हिनामिना गर्ने कसैले पनि उन्मुक्ति नपाउने बताउनुभएको छ ।

बुधबार बिहान नेपाल प्रेस युनियनले रूपन्देहीमा गरेको पत्रकार भेटघाटमा गृहमन्त्री लेखकले सहकारीको रकम ठगी गर्ने सयौं मान्छे जेल गएको भन्दै कसैले पनि उन्मुक्ति नपाउने बताउनुभएको हो ।

गृहमन्त्री लेखकले सहकारीको रकम अपचलनमा मुछिएका सयौं व्यक्तिहरुलाई कार्वाही भएपनी एकजनाको नाम मात्र चर्चामा आएको बताउनुभयो ।

उहाँले भन्नुभयो-‘दिनभरि काम गरेर भोकै बसेर जम्मा गरेको लाखौं गरिब मान्छेको अर्बौं रुपैयाँ हिनामिना गर्ने, खाईदिने अनि भिड जम्मा गरेर न्यायका कुरा गर्ने ? त्यसो गर्ने हो भने प्रहरी अदालत न्यायाधीश किन चाहियो ? मकै पोल्ने ठेला चलाउनेको न्याय खोई ? रविजीमाथि कुनै अवाञ्छित गतिविधि भएका छैन।’

गृहमन्त्री लेखकले रास्वपाका सभापति रवि लामिछानेलाई चितवनबाट पोखरा लैजाँदा अमर्यादित व्यवहार नभएको भन्दै सहकारी ठगीका मुख्य योजनाकार जिवी राईलाई ल्याउने कुरामा सरकार गम्भीरता पुर्वक लागेको बताउनुभयो ।

उहाँले मुलुकमा अस्थिरता र अप्ठ्यारो परेका बेला नेपाली कांग्रेस र नेकपा एमाले एकठाउँ भएको बताउँदै अहिले मुलुक आर्थिक र सामाजिक रुपमा समस्या बढ्दै गएकाले एमाले र कांग्रेसका बिच गठबन्धन समेत बताउनुभयो ।

प्रकाशित मिति : December 18, 2024 at 10:52 am