२ पुष २०८१, मंगलवार | Tue Dec 17 2024

यू-१९ महिला एसिया कप: नेपालले भारतलाई दियो ९५ रनको लक्ष्य

२ पुस, काठमाडौं । मलेसियामा जारी एसीसी यू-१९ एसिया कप क्रिकेटमा मंगलबार नेपालले भारतलाई ९५ रनको लक्ष्य दिएको छ ।  मलेसियाको वायुमास ओभलमा भइरहेको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर ९४ रन बनाएको हो ।

नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २५ रन बनाइन् । साथै  एलिसाकुमारी यादवले अविजित रहँदै २० रन बनाइन् ।

भारतका लागि परुनिका सिसोडियाले ४ ओभरमा १२ रन दिएर ४ विकेट लिइन् ।

नेपालले सोमबार भएको पहिलो खेलमा पाकिस्तानलाई हराउँदै सुपर-४ मा स्थान बनाइसकेको छ ।

प्रकाशित मिति : २ पुष २०८१, मंगलवार १४:०३