२१ पुष २०८१, आईतवार | Mon Jan 6 2025

मीनबहादुरले एमालेका लागि दिने दान सर्वोच्चबाट सदर, अब भवन निर्माण सुरू हुने

१ पुस, काठमाडौँ । व्यवसायी मीनबहादुर गुरूङले नेकपा एमालेको केन्द्रीय कार्यालय निर्माण गरेर दिन खोजेको दान सर्वोच्च अदालतबाटै सदर भएको छ । दानको विरूद्धमा परेको रिट खारेज गरेर सर्वोच्च अदालतले भवन निर्माणको बाटो खोलिदिएको हो ।

भाटभटेनी सुरपमार्केटका मालिका मीनबहादुर गुरूङले करिब डेढ अर्बको लगानीमा कीर्तिपुर नगरपालिकाको २ नम्बर वडामा एमालेका लागि अत्याधुनिक केन्द्रीय कार्यालय निर्माण गरी हस्तान्तरण गरिदिने घोषणा गरेपछि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो ।

सर्वोच्च अदालतका न्यायाधीशद्धय अब्बुल अजिज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले सोमबार दान प्राप्ति रोक्न नपर्ने डहरसहित रिट निवेदन नै खारेज गरिदिएको हो । योसँगै एमालेका लागि केन्द्रीय कार्यालय निर्माण गर्ने बाटो खुला भएको छ ।

नेपाली कांग्रेसका नेता दिनेश त्रिपाठीसहितका अधिवक्ताले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले यसअघि अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

प्रकाशित मिति : १ पुष २०८१, सोमबार १९:४६