एनपिएल: जनकपुरलाई हराएपछि चितवनको प्लेअफ सम्भावना बढ्यो
२९ मङ्सिर, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको खेलमा जनकपुर बोल्ट्स चितवन राइनोजसँग ३२ रनले पराजित भएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जितका लागि १८१ रन पछ्याएको जनकपुरले १८ ओभरमा सबै विकेट गुमाएर १४८ रन मात्र बनाउन सक्यो ।
अहिलेसम्म जनकपुरले प्लेअफमा स्थान बनाउँदा सुपूरपश्चिम रोएल्स र कर्णाली याक्स पनि प्लेअफको नजिक छन् भने काठमान्डु गुर्खाजको पनि प्लेअफ सम्भावना बाँकी नै छ ।
चितवनले जनकपुरलाई हराएपछि विराटनगर किंग्स र पोखरा एभेन्जर्स भने आफ्नो अन्तिम लिग खेल नै प्लेअफ होडबाट बाहिरिएका छन् भने लुम्बिनी लायन्स यसअघि नै लिग चरणबाट बाहिरिसकेको छ ।
यधपी, प्लेअफको बाँकी तीन स्थानका लागि चार टिम होडमा छन् । जसअनुसार आइतबार काठमान्डु र विराटनगर तथा सुदूरपश्चिम र पोखराबीच खेल हुनेछ ।
जनकपुरले लिग चरणको ७ खेल नै खेलिसकेको छ । जसमा ५ जित र २ हारको नतिजा निकालेको छ ।
जनकपुर अहिलेसम्म १० अंकसहित शीर्ष स्थानमा छ । जनकपुर शीर्ष दुईमा रहने वा नरहने भन्ने कुरा सुदूरपश्चिमको दुई खेलपछि टुङ्गो लाग्नेछ ।
प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार १६:४१