३० माघ २०८१, बुधबार | Wed Feb 12 2025

काठमान्डुले पोखरालाई ६ विकेटले हरायो, प्लेअफमा पुग्ने सम्भावना सहज बन्दै

२९ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा स्टेफेन इस्किनाजीको अर्धशतक प्रेरित काठमान्डु गुर्खाजले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ ।

इस्किनाजीले ६० रन बनाएपछि १३९ रनको लक्ष्य काठमाडौंले १४.१ ओभरमा ४ विकेट गुमाएर १४२ रन बनाउँदै पूरा गरेको हो ।

काठमाडौंले अन्तिम खेलअघि ६ अंक जोडेको छ भने पाँचौ स्थानमा उक्लिएको छ। अब अन्तिम खेलमा विराटनगर किंग्सलाई पराजति गरे प्लेअफमा पुग्ने सम्भावना हुनेछ भने उता अन्तिम खेलअघि चार अंक मात्र जोडेको पोखरा भने बाहिरिने संघारमा पुगेको छ।

बलिङमा पोखराका विपिन खत्रीले ३ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए भने माइकल लिस्कले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३८ रन बनाएको थियो ।

पोखराका लागि रेमोन रेइफरले अविजित रहँदै सर्वाधिक ४१ रन बनाए ।साथै ३० बल खेलेका उनले १ चौका र ३ छक्का प्रहार गरे ।

त्यस्तै, ओपनर दिनेश खरेलले २५ बल खेल्दै ६ चौका र १ छक्का मदतमा ३८ रन बनाए । उनले रासिद खानको एकै ओभरमा लगातार चार चौका सहित १८ रन जोडेका थिए । तर त्यही ओभरको अन्तिम बलमा आउट पनि भएका थिए।

यस्तै दिलिप नाथले २४ बलमा २ छक्का मदतमा २७ रन बनाए ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार १२:२१