एनपिएल: लुम्बिनीलाई हराउँदै प्लेअफको नजिक कर्णाली
२८ मंसिर, काठमाडौँ । नेपाल प्रिमियर लिगको २२ औँ खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ५ रनले हराउँदै प्लेअफको सम्भावना बलियो बनाएको छ ।
शनिबार त्रिवि मैदान कीर्तिपुरमा कर्णालीले लुम्बिनी लायन्सलाई ५ रनले मात्रै पराजित गरेको हो।
१ सय २९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २३ रन मात्र बनाउन सक्यो ।
अब लिगको अन्तिम खेल सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ।
प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार १२:५४