३० माघ २०८१, बुधबार | Wed Feb 12 2025

कर्णालीले लुम्बिनीलाई दियो १२९ रनको लक्ष्य

२८ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य दिएको छ।

त्रिवि मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ८ विकेट गुमाएर १२८ रन बनाएको हो।

कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रन बनाए । साथै ३० बल खेलेका उनले समान ३ चौका र ३ छक्का प्रहार गरे । अर्जुन घर्तीले २५ र बाबर हायतले २० रन बनाए ।

बलिङमा लुम्बिनीका लागि भने एनपीलएमा डेब्यु गरेका विकास आग्रीले ३ तथा तिलक भण्डारीले २ विकेट लिए । उक्त खेलमा पहिलो खेल खेलेका दुई बलर मिलेर ५ विकेट लिएका हुन् ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार १०:४४