८ असार २०८३, सोमबार | Tue Jun 23 2026

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

२८ मंसिर, काठमाडौँ । एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दै छ । उक्त बैठक बिहान ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको हो।

बैठकले केन्द्रीय नेताहरूको कार्यविभाजन गर्ने तथा अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदलले तयार पारेको कार्यविभिाजन प्रस्तावमा छलफल गरेर निर्णय गर्ने तयारी रहेको पार्टी उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए ।

शुक्रबारकै बैठकले विगतमा पोलिटब्युरो भएका १७ नेताहरूलाई स्थायी कमिटी सदस्य नियुक्त गर्ने तयारी भएको छ । तर विधान विपरीत नेताहरूलाई स्थायी कमिटी सदस्य बनाउन लागेको भन्दै नेताहरूले फरकमत राखेका छन् ।

त्यस्तै, बैठकले पार्टीको वार्षिक कार्यक्रम तय गर्ने समेत तयारी रहेको सचिव सोमप्रसाद पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : December 13, 2024 at 10:05 am