११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

साउदर्न नाइट्सले जित्यो नेपाली समुदाय विचकै सर्बाधिक राशीको क्रिकेट प्रतियोगिता

अष्ट्रेलिया । साउदर्न नाइट्स क्रिकेट क्लब (SKCC) साउथ अष्ट्रेलियाले अष्ट्रेलियाको राजधानी क्यानवेरामा आयोजित नेपाली क्रिकेट महोत्सबमा विजयी भएको छ ।

अष्ट्रेलियन डलर १५ हजार पुरस्कार राशी रहेको प्रतियोगिता अष्ट्रेलियामा भएको हाल सम्मकै उच्च पुरस्कार राशी भएको नेपाली समुदाय विचको क्रिकेट प्रतियोगिता हो ।

अष्ट्रेलियाका विभिन्न राज्यहरुबाट आएका क्रिकेट क्लवहरुको विचको प्रतियोगितामा साउदर्न नाईट्सले साउथ अष्ट्रेलियाको प्रतिनिधित्व गरेको थियो । फाईनलमा ब्रदर्श युनाईटेड क्रिकेट क्लव क्यानवेरालाई २६ रनको अन्तरमा साउदर्न नाईटसले जित हासिल गरेको थियो । प्रतियोगितामा साउदर्न नाईट्सका  १४३ रन बनाएका संगम गौतम र सर्वाधिक राजु गुरुङ र अनुप भुषालले ८-८ उइकेट लिएका थिए।

पहिलो एभरेष्ट क्लव तोम्वा कुईन्सल्यान्ड र साउदर्न नाईट्स विचको खेलमा ४९ बलमा ६१ रन बनाएका गोविन्द कार्की,  ब्रदर्श युनाईटेड क्लव, सिड्नी संगको दोस्रो खेलमा ६० बलमा ७३ रन संगम गौतम, अवानी क्रिकेट क्लव, सिड्नी संगको तेस्रो खेलमा ५ विकेट लिएका अनुप भुषाल म्यान अफ द मयाच भएका थिए । यसै गरि सेमिफाईनलमा ३३ बलमा ३९ रन बनाएका प्रसुन थापा र फाईनलमा ५३ बलमा ७३ रन बनाएका गोविन्द कार्की म्यान अफ द म्याच भएका थिए ।

गोविन्द कार्कीको कप्तानी र नेपाली राष्ट्रिय टिमका सदस्य बिक्रम सोबको नेतृत्वमा बलिङ गरेको साउदर्न नाइट्सको व्यवस्थापन क्लवका अध्यक्ष बिकास सुवेदीले गरेका थिए ।

बिजय पछि दैनिकी संग कुरा गर्दै अध्यक्ष सुवेदीले प्रवासमा आफ्नो रोजगारी र परिवारको जिम्मेवारी संगै खेलमा समेत निरन्तरता दिएका खेलाडीहरुको क्रिकेटमा योगदान अतुलनीय रहेको बताए ।

प्रतियोगितामा सहभागी खेलाडीहरुमा गोविन्द कार्की कप्तान, सागर कँडेल, राजु गुरुङ, बिक्रम सोब, प्रसुन थापा, जेनिस श्रेष्ठ, संगम गौतम, निरजन पाण्डे, रोशबिन मिश्रा, अनुप भुसाल (दारा), उमेश बडु (हिमालय वारियर्स), प्रमेश गिरी (गोरखा ग्लेडिएटर्स)  रहेका थिए । क्लव बाहेक अन्य क्लवबाट दुई खेलाडी राख्नु पर्ने प्रतियोगिताको नियम बमोजिम बडु र गिरी टिममा समावेश गरिएको अध्यक्ष सुवेदीले बताए ।

प्रकाशित मिति : December 13, 2024 at 3:02 am