२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

एकदिन पनि टिकेन सेयर बजार, बढ्यो कारोबार

२७ मंसिर, काठमाडौं । अघिल्लो दिन ४५ अंक बढेको सेयर बजार बिहीबार नै ३३.४२ अंकले घटेको छ ।

अघिल्लो दिन २७१५ मा रहेको बजार यस दिन गिरावटसँगै २६८२ अंकमा कायम भएको हो ।

यस दिन कारोबार रकम भने बढेको छ । अघिल्लो दिन अघिल्लो दिन ५ अर्ब ५ करोडको कारोबार भएकोमा आज ६ अर्ब १४ करोडको भयो ।

४० कम्पनीको मूल्य बढ्दा २०४ को घटेको छ ।

यसदिन त्रिशूली जलविद्युतको मूल्य सर्वाधिक ८.५५ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ५६० रूपैयाँ कायम भएको छ।

त्यस्तै, नारायणी डेभलपमेन्ट बैंकको मूल्य ७.५४ प्रतिशतले बढेको छ । उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ३५५ रूपैयाँ पुगेको छ भने जानकी फाइनान्सको मूल्य सर्वाधिक ९.९९ प्रतिशतले घटेको छ।

दोस्रोमा इङ्गवा हाइड्रोपावरको मूल्य ६.४३ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ६८२ रूपैयाँ १० पैसा कायम भएको छ।

बिहीबार जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ८६१ रूपैयाँ २० पैसामा २६ करोड १२ लाख रूपैयाँको सेयर कारोबार भएको छ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सर्वोत्तम सिमेन्ट रहेको छ ।

बिहिबार कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड समूहको पसिसूचक १ प्रतिशतभन्दा कमले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।

प्रकाशित मिति : 15:36