२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

पाँच दिन निरन्तर घटेपछि शेयर बजारमा हरियाली, नेप्से २७ सय माथि

२६ मंसिर, काठमाडौँ । बुधबार नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से)मा ४५.८८ अंकको वृद्धि आएको छ । दिनभर स्थिर अवस्थामा रहेको सेयर बजारले अन्तिम समयमा सकारात्मक बाटो लिँदा नेप्से परिसूचक १.७१ प्रतिशतले बढेर २ हजार ७ सय १५ दशमलव ८१ अंकमा पुगेको हो ।

बुधबार सेयर बजारसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब ४१ करोडको कारोबार भएकोमा यस दिन ५ अर्ब ५ करोडको भएको छ ।

यस दिन २११ कम्पनीको मूल्य बढ्दा २९ को घट्यो भने ३ को स्थिर रह्यो ।

बुधबार बैंकिङ समूहको परिसूचक सर्वाधिक ३.४३ प्रतिशतले बढेको छ।

यसदिन न्यादी हाइड्रोपावरको मूल्य सर्वाधिक ९.९७ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ३८९ रूपैयाँ २० पैसा कायम भएको छ।

कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य ९.६२ प्रतिशतले बढेर प्रतिकित्ता दुई हजार ८१३ रूपैयाँ १० पैसा पुगेको छ भने खानीखोला हाइड्रोपावरको मूल्य सर्वाधिक ९.९९ प्रतिशतले घटेको छ।

दोस्रोमा जोशी हाइड्रोपावरको मूल्य ८.२२ प्रतिशतले घटेको छ । उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ४३७ रूपैयाँ ८० पैसा कायम भएको छ।

बुधबार जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ। यस कम्पनीको प्रतिकित्ता मूल्य ९५६ रूपैयाँ ८० पैसामा ३६ करोड १५ लाख रूपैयाँको सेयर कारोबार भएको छ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा रिभर फल्स पावर रहेको छ।

बुधबार कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड बाहेकका सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से परिसूचक बढेको हो।

प्रकाशित मिति : 15:47