३ माघ २०८१, बिहीबार | Fri Jan 17 2025

एनपीएलमा कर्णाली याक्सको लगातार तेस्रो जित

२५ मंसिर, काठमाडौं । विलियम बोसिस्टोले कीर्तिमानी प्रदर्शन गर्दै एकै खेलमा ६ विकेट लिँदा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रो जित हात पारेको छ ।

सुरुवाती दुई खेलमा पराजित भएको मंगलबार पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्दै कर्णालीले लगातार तेस्रो जित निकालेको हो ।

पोखरा एभेन्जर्सले दिएको १०४ रनको सामान्य लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । कर्णालीका गुल्सन झाले सर्वाधिक अविजित ४९ रन जोडे भने ३७ बलमा गुल्सनले ३ चौका र ४ छक्का प्रहार गरे ।

चाडविक वाल्टनले ४२ रन बनाए भने बलिङमा कप्तान कुशल भुर्तेल, बिपिन खत्री र सागर ढकालले एकएक विकेट लिए ।

त्यसअघि टीयु क्रीकेट मैदानमा कर्णालीविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको पोखरा १६.३ ओभरमा १०३ रनमा रोकिएको हो ।

बलिङमा कर्णालीका विलियम बोसिस्टो एक्लैले ६ विकेट लिए । ४ ओभर बलिङ गरेका विलियमले २८ रन खर्चेर ६ विकेट लिए ।

पोखराका लागि दिनेश खरेलले २६, आन्द्रेस गौसले २५, रेमोन रेइफरले २० र कप्तान कुशल भुर्तेल र विपिन खत्रीले समान १०/१० रन बनाए भने अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलवार १६:०३