२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

आज पनि घट्यो से‍यर बजार, कारोबार ४ अर्ब ४१ करोडमा सीमित

२५ मंसिर, काठमाडौं । सेयर बजार घट्दै जाँदा कारोबार रकममा कमी आइरहेको छ । मंगलबार नेप्से ६.३२ अंकले घटेर २६६९.८२ विन्दुमा बन्द भएको छ।

मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ। आइतबार ७ अर्ब ४६ करोडको कारोबार भएकोमा सोमबार ५ अर्ब ६२ करोडको भएको थियो भने मंगलबार ४ अर्ब ४१ करोडको भएको हो ।

मंगलबार ८५ कम्पनीको मूल्य बढ्दा १४८ को घट्यो भने १० को स्थिर रह्यो ।

यसदिन जोशी हाइड्रोपावरको मूल्य सर्वाधिक ७.६७ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४७७ रूपैयाँ कायम भएको छ।

खानीखोला हाइड्रोपावरको मूल्य ७.५३ प्रतिशतले बढेर प्रतिकित्ता ४६५ रूपैयाँ ५० पैसा पुगेको छ भने एनआरएन इन्फ्रास्टक्चरको मूल्य सर्वाधिक ९.९० प्रतिशतले घटेको छ।

दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशनको मूल्य ३.५९ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार २५१ रूपैयाँ ५० पैसा कायम भएको छ।

मंगलबार एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ६५ रूपैयाँमा १८ करोड ९६ लाख रूपैयाँको सेयर कारोबार भएको छ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सानिमा माइ हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५४९ रूपैयाँ ३० पैसामा १८ करोड ७६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक बढेको छ भने बाँकी नौ समूहको परिसूचक घटेको नेप्सेले जनाएको छ ।

प्रकाशित मिति : 15:38