३० माघ २०८१, बुधबार | Wed Feb 12 2025

एनपीएलमा लुम्बिनीको पहिलो जित, चितवन ३३ रनले पराजित

२५ मंसिर, काठमाडौं । कप्तान रोहित पौडेलले ब्याट र बलमा उत्कृष्ट प्रदर्शन गरेपछि लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ ।

रोहितले ब्याटिङ र बलिङ दुवैमा ‘कप्तान लिड फ्रम दी फ्रन्ट’ भनेजस्तै सानदार अलारउण्ड प्रदर्शन गरेपछि लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले हराउँदै पहिलो जित निकालेको हो ।

रोहितले ब्याटिङमा ८० रन बनाए भने बलिङमा ४ विकेट लिए ।

पहिलो जितपछि लुम्बिनीले पाँचौ खेलमा अंक खाता खोलेको छ ।

लुम्बिनीले दिएको १६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन मात्र बनाउन सक्यो ।

त्यस्तै, चितवनका लुक बेनकेन्सटाइनले सर्वाधिक ३१ रन जोडे ।

कप्तान पौडेल र पाकिस्तानी ब्याटर साद बिन जाफरबीच सतकीय साझेदारी भएको थियो । ४९ रनमा चार विकेट गुमाएको अवस्थाबाट उनीहरुले टिमलाई बलियो स्कोरमा पुर्याएकाका थिए ।

बलिङमा चितवनका रिजन ढकालले तीन विकेट लिए । कप्तान कुशल मल्ल र रन्जित कुमारले १–१ विकेट बाँडे । पाकिस्तानी लिजेन्ड बलर सोहेल तनवीर भने आज विकेटविहीन रहे ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलवार १२:४८