१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

मुलुकको हितप्रति सचेत रहन ज्ञान दिने प्रा डा युवराज संग्राैलाको पुस्तक बजारमा

१३ पुस, काठमाडाैँ । पूर्व महान्यायाधीवक्ता प्रा डा युवराज सङ्ग्रौलाको नयाँ पुस्तक शुक्रबारबाट बजारमा आएको छ । अङ्ग्रेजीमा लेखिएको ‘साउथ एसिया चीन जियो–इकोनोमिक्स’ नाममा पुस्तक शुक्रबार पूर्वप्रधानमन्त्री झलनाथ खनालसहितका विशिष्ट व्यक्तिको उपस्थितिमा सार्वजनिक गरियो ।

५६८ पृष्ठको उक्त पुस्तकमा गैरसरकारी संस्थाहरूको नाममा हुने विभिन्न गतिविधि, अन्तर्राष्ट्रिय स्तरका बैंकहरूको भूमिका, विभिन्न अन्तर्राष्ट्रिय स्तरका बैंकहरूको भूमिका, विभिन्न अन्तर्राष्ट्रिय मिसन, अन्तर्राष्ट्रिय सङ्घ–संस्थाहरूका क्रियाकलाप लगायतका दर्जनौँ विषयवस्तुलाई निकै रोचक ढङ्गले प्रस्तुत गरिएको छ । यो पुस्तकले पाठकलाई सन्तुष्टि दिने मात्र नभई मुलुकको हितप्रति सचेत रहन ज्ञान दिने अपेक्षा पनि गर्न सकिन्छ ।

नेपाललाई पश्चिमा शक्तिले कसरी चीन र भारतविरुद्ध प्रयोग गर्न खोज्दैछ र यो भूमिलाई कसरी खेलमैदान बनाइँदै छ भन्ने तथ्यहरूको सङ्ग्रहले भरिएको पुस्तकले नेपाल तथा चीन–भारत र पश्चिमी शक्तिको राजनीतिबारे चासो राख्नेहरूको संससार हल्लाउने अनुमान गरिएको छ ।

समारोहमा पुस्तकका लेखक डा. युवराज सङ्ग्रौलाले अदृश्य खेलहरूलाई सतहमा ल्याउने कर्तव्य निर्वाह गरेको आशय ब्यक्त गर्नुभएको थियो । लेक्स एण्ड जुरिस पब्लिकेशन प्रालिद्वारा प्रकाशित गरेको पुस्तकको मूल्य रु. १२५०/– रूपैयाँ रहेको छ ।

प्रकाशित मिति : December 28, 2018 at 9:28 pm