रोहित र जफरको अर्धशतकमा लुम्बिनीले चितवनलाई दियो १६८ रनको लक्ष्य
२५ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले चितवन राइनोजलाई १६८ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको चितवनले फिल्डिङ रोजेपछि लुम्बिनीले कप्तान रोहित पौडेल र विदेशी खेलाडी शाद विन जफरको अर्धशतकमा १६७ रनको योगफल तयार गरेको हो ।
५७ बल खेलेका रोहितले पाँच छक्का र ६ चौका मद्दतमा ८० रन बनाएर आउट हुँदा जफरले ३५ बलमा चार चौका र एक छक्कासहित ५२ रन बनाएर आउट भए ।
खराब सुरुवात गरे पनि पौडेल र जफरले भने उत्कृष्ट ब्याटिङ गर्दै खेललाई लयमा फर्काएका थिए ।
त्यस्तै, ओपनर अर्जन साउदले १५ र टोम मूरेसले १० रन थपे ।
प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलवार १०:५४