दुई अर्धशतकमा कर्णालीले विराटनगरलाई दियो १३४ रनको लक्ष्य
२२ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले विराटनगर किंग्सलाई १३४ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १३३ रन बनाएको हो ।
कर्णालीका ओपनर देव खनाल र विलियम बोसिस्टाले अर्धशतक प्रहार गरे । देव खनाल ४८ बलमा ५३ र बोसिस्टा ४९ बलमा ६६ रनमा आउट भए ।
यधपी अन्य कुनै ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । ९ रनमा २ विकेट गुमाएको कर्णालीको ब्याटिङ देव र बोसिस्टाले सम्हालेका थिए । कर्णालीले अन्तिम ओभरमा ४ विकेट गुमाउन पुग्यो ।
प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार १४:४८