२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

अहिलेका मुख्य राजनीतिक दलले देश बिगारे: प्रमुख सचेतक परियार

२२ मंसिर, काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले अहिलेका मुख्य राजनीतिक दलले देश बिगारेको आरोप लगाउनुभएको छ।

शनिबार भक्तपुरको मध्यपुर ठिमीमा प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै परियारले पुराना पार्टीले देश बिगारेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो- ‘मदन भण्डारीले देखाएको जनताको बहुदलीय जनवाद (जबज) नेकपा एमालेले लागू गरेको भए नेपालमा कुशासन, भ्रष्टाचार र विकृतिले जरो गाड्ने थिएन । नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाले देखाएको बाटो हिँडेको भए नेपाली युवाहरु बेरोजगार भएर बिदेसिनु पर्ने थिएन । ’

उहाँले नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दल सिद्धान्त बमोजिम नचलेको हुनाले देश अहिलेको अवस्थामा पुगेको बताउनुभयो ।

प्रकाशित मिति : 12:24