लेखा समूहका कर्मचारीले पुस १८ बाट काम नगर्ने, यस्ताछन आन्दोलनका कार्यक्रम
१३ पुस, काठमाडौँ । निजामती प्रशासनका लेखा समूहका कर्माचारीले पुस १८ बाट काम बन्द गर्ने निर्णय गरेका छन । बुधबार महालेखा नियन्त्रकाे कार्यालयमा बसेकाे लेखा समूहका कर्मचारीहरूकाे बैठकले अान्दोलनका विभिन्न कार्यक्रम सार्वजनिक गर्दै पुस १८ बाट सम्पूर्ण काम बन्द बन्द गर्ने घाेषणा गरेका हुन ।
चारचरणका कार्यक्रम सार्वजनिक गरेका उनीहरुले कालाेपट्टी बाँध्ने कार्यक्रम समेत राखेका छन । सरकारले जारी गरेकाे कर्मचारी समायाेजन अध्यादेशकाे बिराेधमा उनीहरुले अान्दाेलनकाे घाेषणा गरेका हुन ।

प्रकाशित मिति : 15:55







