एनपीएलमा कर्णाली याक्सको पहिलो जित
२१ मंसिर, काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ ।
बलिङमा विपिन शर्माको ३ विकेट अनि ब्याटिङमा शिखर धवनको ४५ रन मद्दतमा कर्णालीले शुक्रबार चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको हो ।
यसअघि लगातार दुई खेल जितेर लयमा रहेको चितवनको यो पहिलो हार पनि हो ।
चितवनले दिएको १३१ रनको लक्ष्य कर्णालीले अन्तिम बल बाँकी छदा ४ विकेटको क्षतिमा पूरा गरेको हो ।
चितवनका बलर सोहेल तन्विरले १९औं ओभरमा २ रन मात्र खर्चिएपछि कर्णालीमाथि दबाब परेको थियो। १९औं ओभरमा तन्विरको बलमा कर्णालीका जीशन मक्सुदले सुरूवाती ३ बलमा रन लिन सकेनन्।
चौथो बलमा भने एक रन लिए । अर्जुन घर्तीले अन्तिम बलमा एक रन लिन सके। जसका कारण कर्णालीलाई अन्तिम ओभरमा जितका लागि ९ रन चाहिएको थियो।
अन्तिम ओभरमा रिजन ढकाललाई कर्णालीका अर्जुन घर्तीले सुरुवाती ३ बलमा २(२ रन लिए। चौथो बलमा अर्जुन घर्ती एक रन लिने क्रममा रन आउट भए। पाँचौ बलमा जिनशले चौका प्रहार गरेपछि कर्णाली जित निकाल्न सफल भयो।
कर्णालीका लागि भारतीय ब्याटर शिखर धवनले ४५ रन जोडे। १६ औं ओभरमा लोफ्टी इटनको बलमा आउट हुनुअघि उनले ४१ बलमा ४ चौका र १ छक्का प्रहार गरे।
प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार १२:५२