४ माघ २०८१, शुक्रबार | Fri Jan 17 2025

बोपाराको अर्धशतक मद्दतमा कर्णालीलाई १३१ रनको लक्ष्य

२१ मंसिर, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले कर्णाली याक्सलाई १३१ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा शुक्रबार दिनको पहिलो खेलमा टस जितेको कर्णालीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ  गरेको चितवनले ७ विकेटको क्षतिमा १३० रन जोड्यो।

चितवनका लागि रवी बोपाराले अर्धशतक प्रहार गरे। उनले नटआउट ५९ रन जोड्ने क्रममा ४० बल खेलेर ७ चौका र १ छक्का प्रहार गरे।  कप्तान कुशल मल्लले २३ र विपिन रावलले ११ रन जोडे ।

बाँकीले दोहोरो अंकमा पनि रन बनाउन सकेनन् । बलिङमा कर्णाली याक्सका युवा बलर विपिन प्रसाद शर्माले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभरमा २१ रन खर्चिए ।

जिसान मक्सुले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार ११:०३