२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

२७३४ अंकमा झर्यो नेप्से, कारोबार रकम पनि घट्यो

२० मंसिर, काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बुधवार २४.९७ अंकले घटेको बजार बिहिबार १५.९३ अंकले घटेर २७३४.९३ अंकको बिन्दुमा पुगेको छ । बिहीबार जीवन बीमा समूह १०८.२० अंक र व्यापार समूह १७९.८९ अंकले बढेकाे छ। अन्य समूहहरु भने राताम्य बनेका छन् ।

बजारसँगै कारोबार रकम पनि घटेको छ । बुधवार ९ अर्ब बढीको कारोबार भएकोमा आज भने ८ अर्ब ३६ करोड ९६ लाख ८७ हजार रुपैयाँ बराबरको १ करोड ६७ लाख ९७ हजार ७२७ कित्ता सेयर किनबेच भएको छ । व्यापार ३.६७ र लाइफ इन्स्योरेन्स ०.७९ प्रतिशत बढेकाे छ । होटल समूह सबैभन्दा धेरै ३.६३ प्रतिशत घटेकाे छ । यस्तै, बैंकिङ ०.९७, विकास बैंक १.०८, फाइनान्स २.७८, हाइड्रोपावर ०.८८, लगानी ०.९८, उत्पादन १.१४, माइक्रोफाइनान्स १.१४, निर्जीवन बीमा ०.१९ तथा अन्य ०.४८ प्रतिशत घटेकाे छ ।

यसैगरी, खानीखोला हाइड्रोपावर र सुपरमादी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेकाे छ भने मानुसी लघुवित्त ९.८, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ७.९ प्रतिशत मूल्य बढेकाे छ । सपोर्ट माइक्रोफाइनान्सको ८.३, नेपाल फाइनान्स ७.१, गुराँस लघुवित्त ६.५ तथा तारागाउँ रिजेन्सीमूल्य ६.१ प्रतिशत घटेकाे छ ।

प्रकाशित मिति : 15:23