२० मंसिर २०८१, बिहीबार | Thu Dec 5 2024

दोहोरो अंकले घट्यो सेयर बजार, ९ अर्ब १३ करोडको कारोबार

१९ मंसिर, काठमाडौँ । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज सेयर बजार नेप्से परिसूचक २४.९७ अंकले घटेर २,७५० को विन्दु कायम भएको छ । आज १०४ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ कम्पनीको मूल्य घटेको छ ।

३२० कम्पनीको २ करोड ३ लाख ३२ हजार ६६ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १३ करोडबढीको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै जोशी हाइड्रोको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३० करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै, एनआरएनको २९ करोड ५६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसैगरी, आँखुखोला जलविद्युतको २६ करोड ७९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यसदिन सबैभन्दा धेरै खानीखोला हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले आज ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् । यस्तै, जोशी हाइड्रोका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् भने रिभर फल्स पावरका लगानीकर्ताले ९ दशलमव ९० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स र एलआइसी नेपालका लगानीकर्ताले गुमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार १५:२२