२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

हात खुट्टामा ६–६ वटा औंलासहित जन्मिएकी छोरीकाे आमाले हँसियाले अाैंलाकाटेपछि मृत्यु

१३ पुस, काठमाडाैं । हात खुट्टामा ६–६ वटा औंलासहित भारतको मध्यप्रदेशमा जन्मिएकी बालिकाको आमाको कुकृत्यका कारण मृत्यु भएको छ । ६ औंलालाई अशुभ मान्दै आमाले छोरीको हात–खुट्टाको एउटा–एउटा औंला काटिदिएकी थिइन् । संक्रमणका कारण नवजातको ६ घण्टामा नै मृत्यु भयो ।

घटना आदिवासी ब्लक खालवाको ग्राम सुन्दरदेवको हो । रामदेवीकी श्रीमतीले शनिबार राती छोरीलाई जन्म दिइन् । उनको हात र खुट्टामा ६–६ वटा औंला देखेपछि सुत्केरीलाई केही अशुभ हुने हो कि भन्ने डर भयो । उनले कसैलाई केही नभनी हँसियाले हात–खुट्टाको एउटा एउटा औंला काटिदिइन् । आइतबार बिहान बालिकाको मृत्यु भयो ।

यसबारे सोमबार स्वास्थ्य प्रशासनलाई थाहा भएपछि त्यहाँका एक अधिकारीले रामदेवकी श्रीमतीसँग यसबारे कुरा गरे । उनले छैटौं औंला अशुभ हुने भएकाले काटिदिएको स्विकार गरिन् ।

खालवा ब्लकका थुप्रै गाउँ जंगलमा बसेको छ । यहाँ मोबाइल नेटवर्कको सुविधा छैन । अन्धविश्वासका कारण आदिवासी अस्पतालमा प्रसव गराउन पनि मान्दैनन् ।

प्रकाशित मिति : 11:53