बालाजुमा टिपरको माटोले पुरिएकी नुवाकोटकी प्रज्ञारत्न लामाको ग्रिनसिटी अस्पताल उपचार हुँदै
१३ पुस, काठमाडाैँ । काठमाडौँको बालाजु बाइपासमा शुक्रबार बिहान टिपर पल्टेर माटोले पुरिएकी नुवाकोटकी एक महिलाको ग्रिनसिटी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । चिया खान बसेको समयमा चियाको ठेलामै अाएर टिपर पल्टिएर त्यसको माटोले पुरिएकी नुवाकोटको ककनी गाउँपालिका ५ का ४८ वर्षीय प्रज्ञारत्न लामाको ग्रिनसिटीमा उपचार भैरहेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ । बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४ वटा ट्याक्सीमा क्षति पुगेको छ ।

ना ७ ख ७००५ नम्बरको टिपर पल्टिँदा सडक किनारमा चिया बेच्दै गरेका धादिङका ७० वर्षीय दलबहादुर विसुङखे, उनकी ६५ वर्षीया श्रीमती सानुनानी माटोले पुरिएका थिए । विसुङखे दम्पत्तीलाई उद्धार गरि उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज पठाइएकोमा दलबहादुरको उपचारको क्रममा केही समय अगाडी मृत्यु भएको छ । माटोले पुरिंदा बा१ज १९४१ नम्बरको ट्याक्सी पूर्ण रुपमा क्षति भएको छ ।
प्रकाशित मिति : 10:53









