६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

यु-१९ एसिया कपमा अफगानिस्तानविरूद्ध नेपाल विजयी

१८ मंसिर, काठमाडौँ ।  एसिसी यु-१९ एसिया कपमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ।

मंगलबार युएईको सारजाह क्रिकेट मैदानमा भएको खेलमा नेपालले अफगानिस्तानलाई एक विकेटले पराजित गरेको हो।

अफगानिस्तानले टस जितेर पहिले ब्याटिङ रोजेको थियो। अफगानिस्तानले ३५.४ ओभरमा सबै विकेट गुमाउँदै १२३ रन बनाएको थियो।

नेपालले ४१.३ ओभरमा ९ विकेटको क्षतिमा १२४ रन बनाएको हो।

यधपी, नेपालको एसिसी यु-१९ एसिया कपमा यो पहिलो जित पनि हो।

नेपालका लागि नरेन साउँदले सर्वाधिक २६ रन बनाएका थिए भने कप्तान हेमन्त धामीले २२ र अर्जुन कुमालले २१ रन बनाएका थिए।

खेलको पहिलो ओभरको तेस्रो बलमा नेपालका कप्तान हेमन्त धामीले अफगानिस्तानका ओपनर तथा कप्तान महबुब खानलाई शून्यमा बोल्ड गरे। साथै अर्को ओभरमा अभिषेक तिवारीले पनि अर्का अफगान ओपनर उजाइरुल्लाह निएजाइलाई  शून्यमै बोल्ड गरे।

नेपालले अफगानिस्तानका दुवै ओपनरलाई शून्यमा आउट गरेको थियो।

कप्तान हेमन्त र अभिषेकले दुई दुई विकेट लिन सफल भए। हेमन्तले आठ ओभरमा एक मेडन राख्दा ३७ रन दिए। अभिषेकले ६ ओभरमा १७ रन खर्चिए।

प्रकाशित मिति : December 3, 2024 at 5:19 pm