२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

कलेज सञ्चालकसँग घुस खाने अनेरास्ववियुका रमेशसिंह साधरण सदस्य समेत नरहनेगरी निष्कासित

१३ पुस, काठमाडाैँ । विद्यार्थीलाई अान्दोलित बनाएर कलेज सञ्चालकसँग घुस खाने अनेरास्ववियुका एक नेता साधारण सदस्य समेत नरहनेगरी निष्कासित भएका छन । अनेरास्ववियुकी अध्यक्ष नविना लामाले अनेरास्ववियु सिटिइभिटी राष्ट्रिय कमिटिका अध्यक्ष रमेश सिंह ठकुरीलाइ साधारणसदस्य समेत नरहनेगरी निस्कासन गरेकी हुन ।

उनले विज्ञप्ति मार्फत ठकुरीलाइ कारबाही गरिएको जानकारी दिएकी हुन । सिटिइभिटीबाट अनुमति लिएर भक्तपुरमा सञ्चालित भक्तपुर टेक्निकल कलेजले १८ महिने अनमी कोर्षका लागि बढी शुल्क लिएको भन्दै विद्यार्थीले विरोध गरेका थिए ।

सिटिइभिटीले कलेज शुल्क १ लाख २० हजार तोके पनि कलेजले पुस्तक, ड्रेस तथा होस्टलको नाममा २ लाख बढी शुल्क लिएको विद्यार्थीको गुनासो गर्दै अाएका थिए ।  कलेजकी सञ्चालक सिन्धु मल्लले  सिटिइभिटी अन्तरगतका अखिलका तीन विद्यार्थी नेताहरुलाई ४ लाख बुझाएको बताएपछि यो विषय बाहिर अाएको थियो । घुस काण्ड सार्वजनिक भए लगत्तै अनेरास्ववियुले ठकुरीलाइ कारबाही गरेको हो । यसअघि अनेरास्विवयुका महासचिव एेन महरले ठकुरीलाइ कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : 09:58