३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

ओलीको गृह जिल्लामा एमालेले गुमायो एक सिट, कन्काई-६ मा कांग्रेसका बागी विजयी

१७ मंसिर, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामै एमालेले यसअघि जितेको एउटा वडा अध्ययक्ष पद गुमाएको छ ।

झापाको कन्काई नगरपालिका–६ को वडा अध्यक्षमा आइतबार भएको उपनिर्वाचनमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिनुभएको लक्ष्मीप्रसाद ओली विजयी हुनुभएको छ । ओलीको चार सय ९३ मत प्राप्त गरी विजयी हुनुभएको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेकपा (एमाले) का तुलाराम बस्नेतले तीन सय ५६ मत, नेपाली कांग्रेसका रामगोपाल ओलीले तीन सय १७ मत, नेकपा (माओवादी केन्द्र) का गणेशबहादुर थापाले दुई सय ७७ मत प्राप्त गर्नुभयो ।

यसअघि २०७९ सालमा भएको निर्वाचनमा नेकपा (एमाले) का दीर्घबहादुर थापा पाँच सय आठ मत ल्याई निर्वाचित हुनुभएको थियो । कन्काई–६ मा कूल दुई हजार ५८ मतदाता रहेकामा एक हजार पाँच सय १३ मत खसेको निर्वाचन अधिकारी नेपालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 00:31