१७ मंसिर २०८१, सोमबार | Mon Dec 2 2024

महोत्तरीमा ९ उम्मेदवारको मत शून्य, घण्टीले ल्यायो हलोको भन्दा दोब्बर मत

१६ मंसिर, काठमाडौँ । मधेश प्रदेशको महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकाको वडा नम्बर २ मा ९ उम्मेदवारको मत शून्य भएको छ । अर्थात उपनिर्वाचनका क्रममा स्वतन्त्र उम्मेदवारी दिएका ९ जनाले आफूले आफैँलाई मत नदिएको पाइएको छ ।

आइतबार सम्पन्न मतदानमा ९ उम्मेदवारले आफैँलाई पनि मत नदिएका हुन । त्यसरी मत नदिनेहरूमा स्वतन्त्र उम्मेदवारहरू गंगाप्रसाद यादव, नजामुद्दिन खाँ, मुकेश्वर ठाकुर, मोहम्मद अरमान रजा खाँ, मोहम्मद इमामुदीन खाँ, राकेशकुमार यादव, राजदेव यदाव, रामऔतार यादव र विजयकुमर सिंह रहनुभएको छ ।

यसरी  ९ उम्मेदवारको मत शून्य हुँदा घण्टी चिन्ह भएको राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी राप्रपाको हलो भन्दा दोब्बर मत प्राप्त गरेको छ । रामगोपालपुर २ मा राप्रपाले २ मत प्राप्त गर्दा घण्टी चिन्हले ४ मत प्राप्त गरेको छ ।

यस्तै एमालेका सविकुल खाँ ६३१ मतसहित विजयी हुनुभएको छ । भने माओवादी केन्द्रको आइतीकुमारी यादवले ५३४ मतसहित उपविजेता बन्नुभएको छ ।

यसअघि २०७९ को स्थानीय तह निर्वाचनमा उक्त वडामा नेकपा माओवादी केन्द्रका उम्मेदवार मुकेशकुमार यादव ४३३ मतसहित विजयी हुनुभएको थियो ।

कांग्रेसका मोहमम्द जानिफ खाँले ३७३, जनता समाजवादी पार्टीका सविबुल खाँले ३४२ मत, एमालेका कादिर हुसैनले २८७ मत, लोकतान्त्रिक समाजवादी पार्टीका मोहम्मत अहमद रेजा खाँले २२ मत र जनमत पार्टीका अशोककुमार यादवले १७ मत प्राप्त गर्नुभएको थियो ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आईतवार २३:४०