ककनी २ को समाजवादीका उम्मेदवार नै एमालेमा, पूर्णलालले गराएको यस्तो छ सहमति
१३ मंसिर, नुवाकोट । मंसिर १६ मा हुने ककनी गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्ष पदमा नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बन्नुभएका मानबहादुर लामा नेकपा एमालेका पक्षमा लाग्नुभएकाे छ । मंसिर १३ गते एउटा सहमति गरेर नेकपा एकीकृत समाजवादी पार्टीबाट वडा अध्यक्षमा उम्मेदवार रहनुभएका लामाले एमालेबाट उम्मेदवार हुनुभएका यमबहादुर लामाको नाममा समर्थन जनाउँदै उम्मेदवारी स्थगित गर्नुभएको हो ।
नेकपा एमालेको बागमती प्रदेश कमिटीका सदस्य पूर्णलाल श्रेष्ठको उपस्थितिमा दुई जना उम्मेदबारले एमालेको नाममा सहयोग गर्ने सहमति गर्नुभएकाे हाे । उहाँहरूले चुनावअघिदेखि पछिसम्म मिलेर काम गर्ने भन्दै लिखित सहमति नै गर्नुभएकाे हाे ।
ककनी २ मा ११ जना उम्मेदवारहरु प्रतिस्पर्धामा रहेकोमा मानवबहादुरले यमबहादुरको नाममा समर्थन गरेसँगै १० जना उम्मेदवार मैदानमा हुनुहुन्छ । नेपाली कांग्रेसबाट वजयी हुनुपर्नेछ भएका वडा अध्यक्ष तिलकबहादुर लामाको निधनपछि उपनिर्वाचन हुन लागेको हो।
ककनीमा राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल मजदुर किसान पार्टीले मत सर्वेक्षणका लागि पहिलोपटक उम्मेद्वारी दर्ता गरेका छन । १० जना उम्मेदवारमध्ये दुईजनाले स्वतन्त्र रुपमा उम्मेद्वारी दर्ता गरेका छन्।

नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेसनल मंगोल अर्गनाइजेसन, नागरिक उन्मुक्ति पार्टी र नेपाल मजदुर किसान पार्टी गरी नौवटा पार्टीले उम्मेदवारी दिएका छन्। यी मध्ये नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नेपाली कांग्रेस प्रतिस्पर्धामा छन्।
ककनी २ को निर्वाचनको माहोल फरक ढंगले अघि बढेको छ । गएको स्थानीय चुनावमा तेस्रो स्थानमा रहेको नेकपा एमाले अहिले पहिलो स्थानको दाबेदार बनेको छ । ककनी २ का मतदाताहरुले दुई पटक माओवादी र कांग्रेसलाई जिताईसकेको छ ।
दुबै पार्टीको स्थानीय वडामा पर्फमेन्स कमजोर भएकोले पनि ककनी २ ले यो पटक एमालेलाई समर्थन गर्ने मनसाय सेट गरेको देखिन्छ । गएको चुनावमा पहिलो बनेको कांग्रेस चोईटिदा चोईटिदा तेस्रो हुने अवस्थामा पुगेको स्थानीय राजकुमार घिमिरे बताउनुहुन्छ ।
कांग्रेसका पालिका उप-सभापती मंगलसिद्वी लामा रास्वपा प्रवेश गरेर घन्टी चिन्हबाट उमेद्वार बन्नुभएको छ उहाँले ककनी २ बाट कांग्रेस कै २०० मत काट्ने प्रक्षेपण छ । यस्तै नेपाली कांग्रेस निकट आदिबासी जनजाती संगठन नुवाकोटका कोषाध्यक्ष अमृत तामाङ पनि कांग्रेस परित्याग गरी नागरिक उन्मुक्ती पार्टीबाट उमेद्वार बन्नुभएको छ । उहाँले पनि कांग्रेस कै ५० बढी मत काट्ने अनुमान गरिएको छ ।
केही तटस्थ मत सुर्य र घन्टीमा जाने अनुमान गरिएको छ । कांग्रेसको एक गुटले कांग्रेसकै उम्मेद्वारलाई मत नदिने बताएका छन । यसो त गएको संघ र प्रदेशको चुनावमा ककनी २ मा नेकपा एमालेले कांग्रेस-माओवादीको गठबन्धन भन्दा बढी मत लगेको थियो । यस कारण पनि ककनी २ मा नेकपा एमालेको मत बढेको दाबी गरिएको छ ।
ककनी गाउँपालिकाका पुर्व पालिका अध्यक्ष माओवादी परित्याग गरी एमाले प्रबेश गरेपछी माओवादी निरन्तर ओरालो गतिमा लागेको स्थानियकाे भनाइ छ ।
प्रकाशित मिति : 20:34









