२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

किन तयार भइन् ८४ वर्षीय महिला आफ्नो शरिरलाई २७ हजार टुक्रा पार्न ?

१२ पुस, काठमाडाैं । विज्ञानकालागी ८४ वर्षीय एक महिलाले अाफ्नाे शरिर २७ हजार टुक्रा पार्न तयार भएकीछिन् ।  अमेरिकाकी सुसन पोटरले  मृत्यु अघि आफ्नो शरिर विज्ञानकालागि दान गरेकी थिइन् । ८४ वर्षको उमेरमा पाेटरकाे निमोनियाका कारण मृत्यु भयो । उनको शरिरलाई नयाँ पिढीले विज्ञानमा अनुसन्धनका लागि प्रयोग गर्नेछन् ।

प्रविधिको मद्दतले मानव शरिरलाई राम्रो तरिकाले बुझ्नका लागि उनको शरिर २७ हजार टुक्रा पारिनेछ । यस्तो पहिलो पटक हुँदैछ । इन्डिया टाइम्समा छापेको रिपोर्ट अनुसार सुसनले मृत्युअघि मानवताका लागि आफूले केही गर्न चाहेको बताएकी थिइन् । यस्तो कार्य जसको असर नयाँ पिढीमा पनि परोस् ।

दुई सन्तानकी आमा सुसनले  मृत्यु हुनु १६ वर्ष अघि नै आफ्नो शरिर दान गर्ने निर्णय गरेकी थिइन् । यी १६ वर्ष सुसनले आफ्नो जीवन क्यामराका अगाडि व्यतित गरिन् । नेशनल जियोग्राफिकले यसलाई रेकर्ड गर्यो र यो जनवरी सन् २०१९ मा मानिसहरु समक्ष आउनेछ ।

सुसनले थुप्रै वर्षअघि आर्टिकल पढेपछि साइन्स र ह्युमन प्रोजेक्टकालागि उनले आफ्नो शरिर दान दिएर वैज्ञानिकलाई मानव शरिरबारे थप अनुसन्धान गर्न सहज होस् भन्ने सोच राखिन् । कोसिस त निकै वर्षअघि देखि नै भइरहेको थियो तर यस्तो उन्नत प्रविधीको प्रयोग पहिले हुन सकेन ।  सुसनको शरिरलाई इम्मोर्टल कर्प्स भनिन्छ । अर्थात्, एउटा यस्तो मुर्दा शरिर जो अमर छ । सूसन संसारको पहिलो ‘इम्मोर्टल कर्प्स’ हुन् ।

सुसनले आफ्नो शरिर डोनेट गर्नेबारे बताउँदा सुरुमा अनुसन्धानकर्ताले अस्विकार गरेका थिए किनभने उनलाई मधुमेह थियो । साथै, उनका अन्य शल्यक्रिया पनि भएको थियो । उनलाई स्तन क्यान्सर पनि भएको थियो । तर पनि सुसनले जिद्दी गरिन् । तब अनुसन्धानकर्ताले उनीसामू एउटा शर्त राखे । बाँकी जीवन क्यामराको अगाडि बाँच्नुपर्ने ।

मृत्युअघि सुसनले आफूलाई टुक्रा पारिने औजार हेर्न चाहेको बताइन् । साथै उनले आफूलाई राखिने फ्रिज पनि हेर्ने इच्छा देखाइन् । एक अंग्रेजी वेबसाइटमा छापेको रिपोर्ट अनुसार सुसनले आफ्नो शरिर काटिरहेका बेला शास्त्रीय संगीत बजाउन र शरिर वरिपरि गुलाब राखिदिन आग्रह गरेकी छिन् ।

प्रकाशित मिति : 20:28