साउथ अष्ट्रेलियाको विपक्षी दलकी नेतृद्धारा एन्कालाई सम्मान पत्र र रात्री भोज
एडिलेड । साउथ अष्ट्रेलियाको माथिल्लो सदनको बिपक्षी दलको नेता तथा पुर्व मन्त्री जिङ लीले एडिलेड नेप्लिज एशोशियसन (एन्का)लाई १० औ बार्षिकको उपलक्ष्यमा सम्मान पत्र सहित गरेकी छिन् ।
एन्काको सद्भावना दुत समेत रहेकी लीले संसद भवनमा रात्री भोजको आयोजना गरेर एन्का अध्यक्ष विजय जोशीलाई सम्मान पत्र प्रदान गरेकी थिईन । सम्मान पत्रमा लि ले १० बर्षमा एन्काले गरेको प्रगतिलाई उल्लेख गरेकी छिन् । पत्र हस्तान्तरण गर्दै एन्का स्थापना कालको दिनको समेत उनले स्मरण गर्दै साउथ अष्ट्रेलियामा धेरै संघ संस्थाहरु भए पनि एन्काले यहा रहेको समुदायमा गरेको योगदानका सम्मानमा रात्री भोज आयोजना गरिएको बताईन । लीले सम्मान पत्रमा १० बार्षिक उपलक्ष्यमा बधाई तथा शुभकामना दिदै सुपर लिग स्थापना, साउथ अष्ट्रेलियामा पहिलो बहुसांस्कृतिक खेलकुद क्लबले महिला टोलीको परिचय दिएको, साउथ अष्ट्रेलिया क्रिकेट संघ जुनियर लिगमा सहभागिता, उल्वर्थ क्रिकेट ब्लास्ट बालबालिकाको कार्यक्रममा सहभागितालाई प्रगतिको रुपमा प्रस्तुत गरेकी छिन् । उनले सम्मान पत्रमा वार्षिक पिंक स्टम्प्स डे मार्फत म्याकग्रा फाउन्डेशनलाई सहयोग, अस्ट्रेलियन रेड क्रसलाई वार्षिक रक्तदान अभियान मार्फत सहयोग र अध्यक्ष, अध्यक्ष विजय जोशी – क्रिकेट अष्ट्रेलिया बहुसांस्कृतिक राजदूत घोषणालाई समेत उल्लेखनीय सफलताको रुपमा उल्लेख गरेकी छिन् ।
पत्रमा एन्काले यस विचमा पाएका प्रमुख पुरस्कारहरुलाई समेत दर्शाएकी छिन् । २०१९ गैरआवासीय नेपाली संघका अध्यक्ष अवार्ड महिला, बालबालिका र युवालाई खेलकुद प्रवद्र्धनमा गरेको प्रयास र जेन म्याकग्रा फाउण्डेशनलाई सहयोग, समावेशी खेलकुद साउथ अष्ट्रेलिया २०१९ च्याम्पियन अफ इन्क्लुजन अवार्ड, क्रिकेट अस्ट्रेलिया राष्ट्रिय सामुदायिक क्रिकेट पुरस्कार २०२०-२१ जुनियर इनिसिएटिभ अफ द इयर, सामुदायिक अवार्ड श्रेणीमा साउथ अष्ट्रेलिया सामुदायिक उपलब्धि पुरस्कार २०२०, २०२१, २०२२ खेलकुदका लागि फाइनल र साउथ अष्ट्रेलियन क्रिकेट एशोशियसन (साका)को एसोसिएसन अफ द इयरको फाईनलमा पुगेकोलाई मुख्य रुपमा उल्लेख गरिएको छ ।
कार्यक्रममा अध्यक्ष जोशीले सम्मानका लागि नेतृ लीलाइ धन्यवाद दिदै आगामी दिनमा पनि सहयोग तथा सल्लाहको निरन्तरताको आग्रह गरेका थिए ।
रात्री भोजमा स्थानिय म्यारियन काउन्सीलकी सदस्य रेनुका लामा, एनआरएनए ओशियानाका पुर्व सह संयोजक नविन कडेल, एनआरएनए अष्ट्रेलियाका सचिव थीर गुरुङ, एनआरएनए साउथ अष्ट्रेलियाका पुर्व संयोजक दिपक बिष्ट लगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार ०८:१२