परराष्ट्रमन्त्री राणा चीन प्रस्थान
१३ मंसिर, काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवा बिहिबार चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीन प्रस्थान गरेकी छिन् ।
उक्त चिन भ्रमणमा परराष्ट्रमन्त्री राणाले मङ्सिर १४ गते आफ्ना चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । साथै भ्रमणमा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीलगायत दुई देशबिचको आपसी हितका विविध विषयमा समेत छलफल गर्ने मन्त्रालयले जनाएको छ ।
मन्त्री राणा मङ्सिर १५ गतेसम्म चीन भ्रमणमा रहनेछिन् ।
प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार १२:२४