मन्त्रालयहरूको त्रैमासिक समीक्षा जारी
१२ मंसिर, काठमाडौँ । सरकारका मन्त्रीहरूको त्रैमासिक समीक्षा सुरु भएको छ । उक्त त्रैमासिक समीक्षा बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सुरु भएको हो ।
बैठकमा आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको प्रथम त्रैमासिक समीक्षा भइरहेको छ ।
समीक्षा बैठकमा सरकारले गरेका काम कारबाहीहरू, मन्त्रालयले सचिवहरूसँग गरेका कार्य सम्पादन सम्झौता तथा प्रधानमन्त्रीसँग मन्त्रीहरूले गरेका कार्य सम्पादन सम्झौताबारे समीक्षा भइरहेको मन्त्रालयले जनाइएको छ ।
प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार १६:५९