२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

मेलम्चीको मिति नतोक्ने खानेपानीमन्त्री मगरकाे निर्णय

१२ पुस, काठमाडौं । अाज संसदको विकास समितिमा खानेपानीमन्त्री विना मगरले मेलम्चीको पानी कहिले काठमाडौं आउँछ भन्ने विषयमा  मिति नतोक्ने बताएकी छन् । समितिमा सांसदहरुले यसअघि ६० दिनभित्र पानी आउँछ भनेको स्मरण गराउँदै किन नआएको भनी प्रश्न गरेपछि उनले अब मिति नतोक्ने बताएकी हुन् ।

गत महिना संसदीय समितिमै खानेपानी सचिव गजेन्द्र ठाकुरले ६० दिनभित्र मेलम्चीको पानी काठमाडौं आउने दावी गरेका थिए । तर त्यसको केही दिनमा नै मेलम्ची आयोजनाको मुख्य ठेकेदार इटालियन कम्पनी सीएमसीले एकतर्फी काम छाडेको घोषणा गरेको थियो ।

मन्त्री मगरले सकेसम्म पुरानै ठेकेदारलाई काम लगाउने र सम्भव नभए विकल्प खोज्ने बताइन् ।

प्रकाशित मिति : 14:48