२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

गोरो बच्चा जन्मिँदा मृत्युदण्ड दिइन्छ,बच्चा कालो जन्माउन गर्भवतीलार्इ जनावरको रगत खुवाइने

१२ पुस, भारत । भारतको एउटा टापुमा बच्चा जति कालो भयो उति नै राम्रो मानिन्छ । जब बच्चा गोरो जन्मिन्छ, त्यस्तो बच्चालाई मृत्युदण्ड दिइन्छ । अण्डमान टापुमा बस्ने एउटा जनजाति समुदायमा यस्तो प्रचलन रहेको छ ।

जन्मिने बच्चा कालो नै हुनुपर्दछ । यदि कालो भएन भने त्यो उनीहरुको समुदायमा घुलमिल गर्न सक्दैन भन्ने मान्यता हुन्छ । जन्मिने बच्चाको रङ कालो होस् भन्नका लागि गर्भवती महिलालाई जनावरको रगत खुवाइन्छ ।

यदि गोरो बच्चा जन्मिएमा त्यस्तो बच्चालाई बाँच्ने हक हुँदैन । नवजात शिशुलाई समुदायका मानिसहरुले आमाबाट खाेसेर लान्छन् र मारेर गाड्दछन् ।

प्रकाशित मिति : 12:43