बलात्कारको आरोप लागेका तपस्वी बम्जनले नुवाकोट र मकवानपुरकी दुई बालिका पनि वेपत्ता पारे
१२ पुस, काठमाडाैँ । तपस्वी रामबहादुर बम्जनका कर्तुतहरू विस्तारै सार्वजनिक हुनेक्रममा रहेका छन । एक जना अानीलार्इ याैन दूर्व्यवहार गरेको अारोप लगेका बम्जनले थुप्रै मानिस वेपत्ता पारेको उजुरी परेको छ । पछिल्लो पटक नुवाकोटकी कर्म वाइबासहित दुर्इ बालिका बेपत्ता पारेको उजुरी प्रहरीमा परेको छ ।
लिटिल बुद्धका नामले चिनिएका रामबहादुर बम्जनको आश्रमबाट आनीहरू बेपत्ता भएको परिवारजनले उजुरी गरेका छन् । तिनमा फूलमाया रुम्बा र कर्म वाइबालगायत छन् । मकवनानपुरका सञ्चलाल वाइबा पनि पाँच वर्षदेखि वेपत्ता रहेका छन । उनी नभेटिएपछि परिवारले उनको खोजी गरिदिन अाग्रह गरेका छन ।

उनका अनुसार २०७२ सालको भूकम्पपछि उनकी दिदीको अवस्था बुझ्न बुबाआमा बम्जनको सिन्धुपाल्चोक आश्रममा गएका थिए । उनले भने, ‘फागुनदेखि नै यहाँ छैन भनेर फर्काइदिए ।’ फूलमायासँगै आश्रममा गएकी नुवाकोटकी कर्म वाइबा पनि करिब ५ वर्षदेखि बेपत्ता भएको उजुरी परेको छ ।
यो पनि पढ्नुहोस्
–तपस्वी रामबहादुर बम्जन पनि बलात्कारी ! आनी बन्न गएकी किशोरीमाथि पटक-पटक बलात्कार
प्रकाशित मिति : 10:12









