२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

शिक्षकले विद्यार्थीलाई बाँसको लठ्ठीले कुटीकुटी मारे, अरू शिक्षक र विद्यार्थी रमिते बने

१२ पुस, बारा । बारामा एक जना विद्यार्थीको शिक्षकको कुटाइबाट मृत्यु भएको छ । शिक्षकको कुटपिटपछि कक्षा ७ मा पढ्ने एक छात्रको मृत्यु भएको हो। विद्यार्थी पिट्ने शिक्षक भने फरार भएकाछन् । बाराको कलैया उपमहानगरपालिका–१ स्थित नमुना निमाविमा अध्ययनरत पर्सा गाउँका वीरेन्द्र महतो मण्डलका छोरा १३ वर्षीय अजयकुमारको उपचारक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

शिक्षक सोनालाल यादवले महतोलाइ कुटीकुटी मारेका हुन । एक छात्राको विषयमा उजुरी आएको भन्दै सोमबार अजयलाई कुटेर तेस्रो घण्टी नसकिँदै घर पठाएको उनका सहपाठीले बताएका छन् । विद्यालयबाट उनको घर ३ किमि टाढा छ । घर पुगेको केही घण्टामै जिल्ला अस्पताल कलैया पुर्‍याइएका उनको उपचारक्रममा मृत्यु भएको मेडिकल सुपरिन्टेन्डेड त्रिभुवनचन्द्र झाले जानकारी दिए ।

प्राथमिक तहका शिक्षक यादवले अजयलाई विद्यालय प्रांगणमा हात र बाँसको लठ्ठीले पैतालादेखि घाँटीसम्म कुटेको प्रत्यक्षदर्शी अजयकी साथी रीमा मण्डलले बताइन् । मृत्युपछि प्रहरीमा जाहेरी दिएको अजयका काका जितेन्द्रले बताए । शिक्षक यादव भने फरार छन् ।शिक्षकविरुद्ध ज्यान कसुरमा पीडितबाट उजुरी लिएर विस्तृत अनुसन्धान थालिएको प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए ।  अाजको कान्तिपुर दैनिकमा प्रकाशित समाचार

प्रकाशित मिति : 09:48