७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

कांग्रेस–एमालेको गठबन्धन २०८४ सम्मै जान्छ: प्रधानमन्त्री

७ मंसिर, काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस–एमाले प्रतिस्पर्धी पार्टी हुँदाहुँदै पनि मुलुकको अवस्था हेरेर सहकार्य भएको बताउनुभएको छ ।

शुक्रबार काठमाडौँमा एमालेले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै  प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो । साथै नेपाली कांग्रेससँगको गठबन्धन २०८४ सालसम्मै जाने बताउनुभयो ।

उहाँले भन्नुभयो- ‘कतिपयले माघ–फागुनसम्म मात्रै यो सरकार जाने हल्ला चलाइरहेको छ । आज मंसिर ७ गते एमाले सरकारमा पनि छ। एमाले सरकारमा भएर पनि सभा सञ्चालन गरिरहेको छ। सरकार बन्दै बन्दैन। बन्यो। विश्वासको मत पाउँदै पाउँदैन। पायो। यो महिना कट्दै कट्दैन। कट्यो। दसैं देख्दै देख्दैन। दसैं देख्यो होइन मनायो। त्यतिमात्र होइन तिहार कट्दै कट्दैन। त्यो पनि कट्यो । मंसिर टेक्दैन, त्यो पनि कट्यो। अब भाका राख्दैछन् फेब्रुअरीको। फेबु्रअरी होइन, फेब्रुअरी भनेको माघ–फागुनको कुरा हो। म भन्न चाहन्छु। २०८४ साल  मंसिरसम्म अहिलेको समीकरण कायम रहन्छ। सबैले बुझे हुन्छ। कान खोलेर सुने हुन्छ–म अब २०८३ साल असारसम्म प्रधानमन्त्री रहन्छु। त्यसपछि म प्रधानमन्त्री छोडेर शेरबहादुरजीलाई जिम्मा लगाउँछु। उहाँले फेरि १८ महिना चलाउनुहुन्छ।’

 प्रधानमन्त्रीले नेपाली कांग्रेससँगको गठबन्धन २०८४ सालसम्मै जाने बताउनुभयो ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार १५:५२