१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

शनिवारबाट एडिलेडमा हुने चौथो गिरीश च्याम्पियनसिप -२०२४ तयारी पुरा

एडिलेड । गिरीश च्याम्पियनसिप फुटवल प्रतियोगिताको चौथो संस्करण गिरीश च्याम्पियनसिप २०२४ नोभेम्वर २३ शनिवार र २४ आइतवार एडिलेडको न्यु स्पोर्ट स्टीडियममा हुने खेलको तयारी पुरा भएको छ ।

अष्ट्रेलियाका नेपाली भाषी समुदायका फुटवल क्लवहरु समावेश हुने प्रतियोगितामा साउथ अष्ट्रेलिया, न्यु साउथ वेल्स, भिक्टोरिया, कुइन्सल्याड, तास्मानियाबाट १४ टिम सहभागी हुने आयोजक गिरीश इभेन्ट एण्ड इन्टरटेन्मेनका निर्देशक गगन गिरी बताएका छन्  । गिरीले प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको र शुक्रवार साझ सम्ममा सबै टिमहरु एडिलेड आइपुग्ने बताए ।

प्रतियोगितामा प्रथम पुरस्कार १२ हजार अष्ट्रेलियन डलर रहेको प्रतियोगितामा दोस्रोलाई तिनहजार अष्ट्रेलियन डलर , भ्यालुयवेल प्लेयर अवार्ड ३०० अष्ट्रेलियन डलर, हाई स्कोरर २५० अष्ट्रेलियन डलर, उत्कृष्ट गोलकिपर दुई सय पचास अष्ट्रेलियन डलर, उत्कृष्ट गोल रक्षक दुई सय पचास अष्ट्रेलियन डलर, उत्कृष्ट मिडफिल्डर दुई सय पचास अष्ट्रेलियन डलर रहेको छ ।

प्रतियोगिताको सिटी अफ टि ट्री गली मुख्य सौजन्यकर्ता र मुख्य सहयोगीका रुपमा ग्रेस इन्टरनेशनल रहेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार १७:२५