६ मंसिर २०८१, बिहीबार | Thu Nov 21 2024

मन्त्री परिवर्तन हुने कुरा हल्ला मात्रै हो: गृहमन्त्री लेखक

६ मंसिर, धनगढी । गृहमन्त्री रमेश लेखकले मन्त्री परिवर्तन हुने कुरा हल्ला मात्र रहेको बताउनुभएको छ ।

बिहीबार धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले मन्त्री परिवर्तन गर्नेबारे कुनै छलफल नभएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो –’दुई दलको सरकार भएकाले मन्त्री हेरफेर गर्दा दुई दलमा छलफल गरेर मात्र हुन्छ तर अहिले यसको विषयमा कुनै पनि छलफल भएको छैन ।’

उहाँले यो गठबन्धन २०८४ सम्मकायम रहने बताउँदै अबको १ वर्ष ८ महिना पछि वर्तमान प्रधानमन्त्री परिवर्तन भई नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा प्रधननमन्त्री बन्ने बताउनुभयो ।

दुई दल बीच प्रधानमन्त्रीको चीन भ्रमणको विषयमा खटपट भएको छ नि भन्ने संचारकर्मीको जिज्ञासालाई गृहमन्त्रीले सामान्य छलफलको विषयलाई बेकामको हल्ला चलाइएको समेत बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘एमाले र कांग्रेसबिच कुनै पनि विषयमा असमझदारी भएको छैन, दुई दल मुख्य प्रतिस्पर्धी भएपनि मिलेर सरकार चलाइरहेका छौ र २०८४ को निर्वाचनसम्म सहज मिलेर जान्छौँ ।’

उहाँले प्रधानमन्त्रीको चिन भ्रमणको मिति पनि तय भैसकेको  र चीन भ्रमण लगत्तै भारत भ्रमण गर्नुहुने पनि बताउनुभयो ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार १३:१६