१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

कांग्रेस कार्यालयमा नेविसंघको खुकुरी बैठक ! एक जनाको टाउको फुट्यो

११ पुस, पर्सा । नेपाल विद्यार्थी सङ्घ (नेवि सङ्घ) पर्साका कार्यकर्ताबीच आज अपराह्न वीरगञ्जमा खुकुरी हानाहान भएको छ । वीरगञ्ज तेजारथ टोलस्थित नेपाली काङ्ग्रेस पर्साको पार्टी कार्यालयमा बसेको बैठकमा नेविसङ्घका दुई गुटका कार्यकर्ताबीच जिल्ला अधिवेशनको विषयलाई लिएर खुकुरी हानाहान भएको हो ।

खुकुरी प्रहारमा परी ठाकुरराम बहुमुखी क्याम्पसका नेविसङ्घ एकाइ उपाध्यक्ष समीर अन्सारी घाइते भएका छन् । खुकुरी प्रहारबाट उनको टाउकामा चोट लागेको छ । घाइते अन्सारीलाई उपचारका लागि वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पताल भर्ना गराइएको छ । घाइते अन्सारी खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

जिल्ला अधिवेशनका लागि काङ्ग्रेस केन्द्रीय कार्यालयले प्रतिनिधिका रुपमा खटाएका केन्द्रीय सहमहामन्त्री लक्ष्मीभक्त खनालको उपस्थितिमा छलफल चलिरहेका बेला नेविसङ्घका कार्यकर्ताबीच विवाद भई खुकुरी हानाहान भएको नेपाली काङ्गे्रेस पर्साका सचिव श्याम पटेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : December 26, 2018 at 8:07 pm