४ मंसिर २०८१, मंगलवार | Tue Nov 19 2024

ओलीविरूद्ध फेकन्युजको कारखाना चलाइरहेका दुर्गा प्रसाईँ घरबाटै पक्राउ

४ मंसिर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको विरूद्धमा फेकन्युजको कारखाना सञ्चालन गरिरहका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँ घरबाटै पक्राउ परेका छन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भर्खरै प्रसाईँलाई भक्तपुरस्थित घरबाटै नियन्त्रणमा लिएको हो । उनले सोमबार मात्रै प्रधानमन्त्रीले कम्बोडियाको टेलिकममा साँढे ३२ अर्ब लगानी गरेको भन्दै फेकन्युज र भिडियो उत्पादन गरेर भाइरल बनाएका थिए ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलवार १२:३६