दुई दिनमा दुई हजार एक सय रूपैयाँ बढ्यो सुनको भाउ, प्रतितोला कति पुग्यो?
४ मंसिर, काठमाडौँ । साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य पुन: बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा ११ सय रूपैयाँले बढेर प्रतितोला १ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको हो ।
त्यस्तै, चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा ३५ रूपैयाँ बढेर प्रतितोला १ हजार ९५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलवार ११:११