९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

मुख्यसचिव बैकुण्ठ अर्यालले दिए राजीनामा

३ मंसिर, काठमाडौँ । मुख्यसचिव बैकुण्ठ अर्यालले राजीनामा दिएका छन्। आइतबार राष्ट्रिय योजनामा आयोगमा हाजिर भएका अर्यालले लगत्तै मुख्यसचिव एकनारायण अर्यालको सचिवालयमा राजीनामा बुझाएका हुन्।

उनले कात्तिक १४ गते भ्रष्टाचार मुद्दामा सफाइ पाएका थिए। अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचारमा उनी संलग्न भएको भन्दै गत असार ९ गते अख्तियार दुरूपयोग असुन्धान आयोगमा मुद्दा परेपछि मुख्यसचिव रहेका उनी त्यतिबेला निलम्बनमा परेका थिए।

मुद्दाबाट सफाइ पाएपछि उनको निलम्बन फुकुवा भएको थियो । त्यसपछि अर्याल पुनः जिम्मेवारीमा फर्किएका थिए।

प्रकाशित मिति : November 18, 2024 at 11:00 am