२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

प्रहरीकै अगाडि हत्कडीसहित चोरी मुद्दाका अभियुक्त फरार

११ पुस, काठमाडौं । जिल्ला अदालत, काठमाडौंको परिसरबाट हत्कडीसहित अभियुक्त सिन्धुपाल्चोकका लालकाजी तामाङ फरार भएका छन् । प्रहरी परिसर, काठमाडौंले चोरी मुद्दामा फरार रहेका तामाझङलाई अदालतमा बुझाएलगत्तै उनी पुनः फरार भएका हुन् ।

प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले उनको खोजी भइरहेको बताए । उनका अनुसार , ‘उनलाई हाम्रो टोलीले बुझाएर आएको थियो । त्यसलगत्तै फरार भएको सूचना आएपछि खोजीमा टोली परिचालन गरेका छौं ।’

प्रकाशित मिति : 18:04