परराष्ट्र मन्त्रालयको गम्भीर गल्ती, समवेदना सन्देशमा ‘बधाई’, संलग्न कर्मचारीलाई बर्खास्त गर्न माग
११ पुस, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट दिएको एउटा समवेदना सन्देशमा परराष्ट्र मन्त्रालयले गम्भीर गल्ती गरेको छ । समवेदना सन्देमा ‘बधाई’ लेखेर परराष्ट्रका कर्मचारीले गम्भीर गल्ती गरेका हुन ।
राष्ट्रपतिको तर्फबाट परराष्ट्रले जारी गरेको सन्देशमा भनिएको छ “राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार इन्डोनेसियाको बान्टेन र लामपुङ क्षेत्रमा आएको सुनामीको कारण कयौंको ज्यान गएकोमा इन्डोनेसियाको राष्ट्रपतिलाई एक बधाई सन्देश पठाउनु भएको छ,” यही विज्ञप्ति मन्त्रालयले एकै पटक सयाैँलार्इ पठाएको छ ।

ज्ञप्तिमा देखिएको कमजोरीलार्इ लिएर अहिले सामाजिक सञ्जालमा सम्बन्धित कर्मचारीलार्इ बर्खास्त गर्न माग गरिएको छ । सामाजिक सञ्जालका प्रयोगकर्ताले अाक्रोश पोखिरहेका छन । यसैबीच परराष्ट्र मन्त्रालयले कमजोरी स्वीकार गरी सन्देशलार्इ सुधार गरेको छ ।

प्रकाशित मिति : 18:05









